४९ अंकले बढ्दा चार अर्ब ८१ करोडको शेयर किनबेच

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । यसअघि लगातार घट्दै आएको नेप्से साताको चौथो कारोबार दिन आज बुधवार भने ४९ दशमलव १८ अङ्कले बढेर २५ सय १९ दशमलव ५७ अङ्कमा चढेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९१ अंकले बढेर चार सय ५२ दशमलव ८० अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय २७ वटा कम्पनीहरुको ६९ हजार चार सय १८ पटकको कारोबारमा एक करोड २४ लाख ९८ हजार नौं सय ८९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य एक अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २५ दशमलव ८३ अंकले बढेर १४ सय ५५ दशमलव १४ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ३३ दशमलव ३७ अंकले बढेर चार हजार नौं सय ७६ दशमलव ९० अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि एक सय तीन दशमलव ६१ अंकले बढेर २८ सय २३ दशमलव ८३ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ७८ दशमलव ८४ अंकले बढेर तीन हजार ९९ दशमलव ८७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३१ दशमलव ४१ अंकले बढेर १२ हजार तीन सय ३९ दशमलव ८० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय नौं दशमलव शुन्य एक अंकले बढेर १२ हजार छ सय ९३ दशमलव ४७ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हिमालयन हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।
प्रतिक्रिया