बुधबार, वैशाख १०, २०८२

साफ यू –१७ च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै सेमिफाइनलमा नेपाल

नेपालखोज २०८१ असोज ९ गते २०:४४

काठमाडाैं । साफ यू –१७ च्याम्पियनसिप फुटबलमा नेपालले आयोजक भुटानलाई पराजित गरेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा बुधवार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २-१ गोलले हराएको हो ।

घरेलु टोली भुटानलाई २-१ गोलले हराउँदै ६ अंकका साथ समूह चरण दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो । नेपालका लागि ५५ औं मिनेटका कृष्णबहादुर आलेले फ्रिकीक मार्फत गोल गरे भने ८४ औं मिनेटमा सुजन डंगोलले गोल गरेका हुन् ।

यस अघि सोमबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ४-० गोलले हराएको थियो भने शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया