आज पुन ५० अर्बको निक्षेप उपकरणको बिक्री गर्दै राष्ट्र बैंक
नेपालखोज
२०८१ असोज १३ गते १४:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पुन ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्नै भएको छ । आज अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा यो परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
परिपक्व हुने अवधि सात दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति भने असोज २० गते तोकिएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैङ्क बाहेकका बैङ्क तथा फाइनान्स कम्पनीहरूमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया