महिला टि ट्वान्टी विश्वकप आज सुरु हुँदै

एजेन्सी । नवौं संस्करण महिला टि ट्वान्टी विश्वकप युएईमा आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् ।
विश्वकपको पहिलो खेल समूह बी मा रहेको बंगलादेश र स्कल्यान्डबीच खेल हुनेछ । शारजहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे मा खेल्दैछन् ।
बिहीवार नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । शारजाहमा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागीता छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् ।
समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशमा हुने भनिएको यो विश्वकप सुरक्षाका कारण युएईमा सारिएको हो ।
प्रतिक्रिया