आईसीसी महिला टी-२० : उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेश विजयी
नेपालखोज
२०८१ असोज १७ गते १९:४१

काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा बंगलादशले विजयी भएकाे छ । यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेश विजयी भएकाे हाे ।
बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११९ रन बनाएको थियो । बंगलादेशका लाग सोभना मोस्तरीले ३६ र साथी रानीले २९ रन बनाएकी थिइन् । विश्वकपमा आजै पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया