इतिहासमै पहिलाे पटक एकै दिन तोलामा ६ हजार २ सयले घट्यो सुन
नेपालखोज
२०७७ साउन २८ गते ११:४४
काठमाडौं । यो सातामा निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको छ ।
मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
मंगलबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि साउन ७ देखि २५ गतेसम्म सुनको मूल्य लगातार उकालो लागेको सुनको मूल्य यो साता भने केही मात्रामा घटेको छ । त्यस्तै मंगलबार तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा विक्री भएको चाँदी बुधबार १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
ऐतिहासमै पहिलाे पटक एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया