नबिल बैंकको खुद नाफा साढे १५ प्रतिशत घट्यो
काठमाण्डौं। नबिल बैंक लिमिटेड (NABIL) को नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७६र०७७ मा १५.८६ प्रतिशतले घटेको छ। बैंकको नाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११.७२ रुपैयाँले घटेको छ।
नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ६७ करोड २१ लाख रुपैयाँले घटेको हो।
समीक्षा अवधिमा चुक्ता पूँजी १२ प्रतिशतले वृद्धि भएको बैंकको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी ११.२७ रुपैयाँ घटेर ३५.३२ रुपैयाँमा झरेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ०.९७ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.५४ गुणा, आधार दर ७.३२ प्रतिशत, स्प्रेड दर ३.७३ प्रतिशत छ।
बैंकको जगेडा कोषको आकार २१।२६ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड १६ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने शेयरधनी कोष १८.५६ प्रतिशतले घटेर ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको छ।
३० प्रतिशत लाभांश वितरण गर्नसक्ने
वित्तीय विवरण अनुसार बैंकको गत आर्थिक वर्षको नाफाबाट ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रहेको बैंकले ३०।१२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ।
बैंकले गत आवमा १ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७ र कर्जा लगानी १६ प्रतिशतले वृद्धि भएको छ।
कोरोना भाइरस संक्रमणका कारण चार महिने लकडाउनको कारण बैंकको खुद ब्याज आम्दानी भने १।९४ प्रतिशतले घटेर ७ अर्ब २ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा १५.४८ प्रतिशतले संकुचन आई ५ अर्ब ९ करोड ३६ लाख रुपैयाँमा झरेको छ।
प्रतिक्रिया