सन नेपाल लाइफले पायो आईएसओ/आइईसी २७००१ः२०२२ प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएएस (युनाईटेड किङगडम एक्स्रीडिटेसन सर्भिस) बाट मान्यता प्राप्त एमिटिभो लिमिटेड युके बाट आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।
यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधार आईएसओ÷आइईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी आईएसओ÷आइईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।
यसबाट कम्पनीले रिक्स बेस मोड्यालिटीमा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि फष्र्ट लाईन अफ डिफेन्सबाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।
आईएसओ÷आइईसी २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।
प्रतिक्रिया