बुधबार, वैशाख १०, २०८२

अमेरिकाविरुद्ध नेपालले गर्‍याे क्लिनस्वीप

नेपालखोज २०८१ कार्तिक ५ गते ९:३२

काठमाडाैं । नेपाल र अमेरिकाबीचकाे टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपाल विजयी भएको छ । आसिफ शेख र दुई कुशल चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज क्लिन स्वीप गरेको हो ।

सोमबार बिहान डालासस्थित ग्रान्ड प्रेरि क्रिकेट मैदानमा भएको अन्तिम तथा तेस्रो टी-२० मा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

यसअघि नेपालले पहिलो टी-२० १७ रनले जित्दा दोस्रो टी-२० सुपरओभरमा जित्न सफल भएको थियो । यो सँगै नेपालले विश्वकप लिग २ अघि बलियो आत्माविश्वास बनाउन सफल भएको छ ।

प्रतिक्रिया