कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने
नेपालखोज
२०७७ साउन २९ गते १७:३५
मनिला । कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।
चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए ।
परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताएका छन् । फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।
बहुचर्चित रुसी औषधी यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराउनु भएको थियो । रुसले बनाएको भनिएको औषधीले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधी किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ । रासस/एएनआई
सम्बन्धित
प्रतिक्रिया