मंगलबार, वैशाख ९, २०८२

टिकटक किन्ने उद्योगपति अम्बानीको इच्छा

नेपालखोज २०७७ साउन २९ गते २०:१३

एजेन्सी । भारतका सबैभन्दा धनी उद्योगपति मुकेश अम्बानीले टिकटक किन्ने इच्छा देखाएका छन् । रोयटर्सकाअनुसार अम्बानी र कम्पनीबीच छलफल चलिरहेको छ।

यद्यपि, यसबारे कुनै औपचारिक कुरा भने बाहिर आएको छैन्। उद्योगपति अम्बानीले टिकटक किन्नेमा इच्छा देखाएसंगै भारतमा केही समयअघि प्रतिबन्ध लगाइएको सोसल नेटवर्किङ एप टिकटक पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ।

टिकटक युवावर्गमा खुबै लोकप्रिय रहेको छ। रोयटर्सको एक रिपोर्टअनुसार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र अम्बानीको रिलायन्स इन्डस्ट्रिजबीचको कुराकानी प्रारम्भिक तहमा चलेको हो। दुवै कम्पनी अहिले कुनै निष्कर्षमा पुगेका छैनन्।

टिकटकका सीईओ केभिन मेयरले रिलायन्सका शीर्ष अधिकारीलाई भेटेर कुराकानी गरेको पनि बताइएको छ। यद्यपि, यसबारे कुनै औपचारिक कुरा बाहिर आएको छैन्। गलवान घाटीमा चिनियाँ सुरक्षाकर्मीसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्युपछि भारत सरकारले टिकटकसमेत ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

भारतमा टिकटकको ठूलो प्रयोगकर्ता भएकाले प्रतिबन्धपछि कम्पनीमा हलचल आएको बताइएको छ। भारतले प्रतिबन्ध लगाएपछि विश्वका अन्य कतिपय देशमा पनि टिकटकबारे सोच्न थालिएको छ। अमेरिकाले पनि यसअघि नै प्रतिबन्धको कुरा उठाएको छ ।

प्रतिक्रिया