बुधबार, वैशाख १०, २०८२

महिला यू–१९ टी–२० विश्वकप एसिया छनोटका लागि नेपालको टिम घोषणा

नेपालखोज २०८१ कार्तिक ८ गते ६:४८

काठमाडाैं । आसन्न महिला यू–१९ टी–२० विश्वकप एसिया छनोटका लागि नेपालको टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

क्यानले यस प्रतियोगिताका लागि गत २६ भदौमा २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । सोही प्रारम्भिक टोलीबाट क्यानले अन्तिम टिम घोषणा गरेको हो । १९ कात्तिकदेखि सुरु हुने प्रतियोगितामा नेपाल, आयोजक यूएई, कुवेत र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

विश्वकप छनोटका लागि नेपालको टिममा सोनी पाख्रिन, मनीषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रवीन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी र रचना चौधरी रहेका छन् । 

प्रतिक्रिया