हिमालयन बैंकको खुद नाफा ८ प्रतिशतले घट्यो
काठमाडौं। हिमालयन बैंक (HBL) को खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्ष ०७६र०७७ मा २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ। जबकी बैंकले अघिल्लो आवमा २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आवमा बैंकको नाफा अघिल्लो भन्दा ८ प्रतिशत कम हो ।
बैंकले अघिल्लो आवमा २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा एक अर्ब ३० करोड रुपैयाँ छ। यो नाफा अघिल्लो आवको तुलनमा ३५ प्रतिशतले घटेको हो। बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा घटेपछि खुद नाफामा कमी आएको हो । बैंकको इम्पेरिमेन्ट चार्ज समेत बढेको छ । यसअवधिमा बैंकले खराब कर्जा भने सामान्य घटाउन सफल भएको छ ।
असार मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप साढे १४ तथा कर्जा साढे ९ प्रतिशतले बढेको हो। गत आवको अन्त्यसम्ममा बैंकले ४ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा साढे ५ प्रतिशत कम हो ।
बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा गिरावट आएकोे छ। ९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ पैसा छ। यो गत आवको सोही अवधिको तुलनामा ५ रुपैयाँ ३१ पैसा कम हो। बैंकको जगेडा कोषमा ६ अर्ब ६६ करोड रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ५ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १९.९१ गुणो छ। बैंकको निष्क्रिय कर्जा १.०१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया