आइतबार, वैशाख ७, २०८२

२० वटा शब्द पढ्न सक्ने बंगुर

नेपालखोज २०७७ साउन ३० गते १२:०७

काडमाडाैं ।  हाम्रो वरपर विभिन्न किसिमका जनावरहरु छन् । यी जनावरहरुको आफ्नै विशेषता छ । कतिपय जनावरहरु त मानव जिवनसँग प्रत्यक्ष जोडिएका पनि हुन्छन् । हामीले सधैंजसो नजिकबाट निहालेका जनावरहरूका साँच्चै नै केही अनौठा किसिमका बानी व्यवहाेरा छन् । ती जनावरको बारेमा केही कुरा जानौं ।

कुकुर
घरमै नपाले पनि कुकुरलाई नदेख्ने त को होला र ? तर कुकुर को नाकको छाप ठ्याक्कै मानिसको औंलाको छाप जस्तै हुन्छ नि !

हमिङ बर्ड
पंक्षीहरु मध्ये अनौठो गुण भएको चरा हमिङ बर्ड पछाडिबाट पनि उड्न सक्छ । यसले १ सेकेण्डमा ८० पटक आफ्नो पखेटा चलाउन सक्छ । के तपाईँलाई यो कुराको बारेमा ज्ञान जानकारी थियो ?

शंखे किरा
वर्षा याममा शंखे किरा घर–आँगनमा आएर तपाईंलाई सताएकै होला । यो किराको बारेमा थाहा पाउनुभयो भने अचम्म मान्नुहुन्छ । शंखे किराको आँखामा घाउ भएर अथवा केही भएर आँखा गुमाएको छ भने, फेरि अर्को आँखा निकाल्न सक्छ ।

लोखर्के
लोखर्के यस्तो जननावर हो जस्ले मानिसले जस्तै वृक्ष रोपण गर्छ । पत्याउन गाह्राे भयो होला । वास्तविकता के हो भने लोखर्केले आफूले खानको लागि बिउ पुरेको हुन्छ र पुरेको ठाउँ बिर्सेपछि त्यो बिउ उम्रेर रूख बन्छ ।

जिराफ
संसारको सबैभन्दाअग्लो जनावरको रुपमा चिनिएको जनावर हो जिराफ । जिराफको स्वर ग्रन्थी हुँदैन । यसको जिब्रो नीलो/कालो रङको हुन्छ ।

पुतली
पुतलीहरूसँग दुईवटा आँखा हुन्छन् जसमा एक हजार वटा लेन्सहरू हुन्छन् । तर पुतलीले केवल रातो, हरीयो र पंहेलो रङ रङ मात्रै देख्न सक्छ । त्यसैले होला पुतलीहरू फूलमा बढी आकर्षित हुन्छन् ।

बिरालो
बिरालोको कानमा ३२ वटा मांशपेशीहरू हुन्छन् । जसले गर्दा बिरालोको सन्ने क्षमता अरू प्राणीको भन्दा धेरै गुणा बढी हुन्छ ।

कमिला
कमिलाहरू कहिल्यै पनि सुत्दैनन् र यिनीहरुको फोक्सो पनि हुँदैन ।

झिंगा
झिंगाको आयु जम्मा १४ दिनको मात्रै हुन्छ, तर यसले छोटो जीवनकालमा पनि आफ्नो संगित प्रेम दर्साइरहेको हुन्छ । झिंगाको पखेटाबाट निस्कने ध्वनी पनि ‘एफ्’ नोटमा हुन्छ र जुन ठाउँमा ‘एफ्’ नोटको संगित बजाइरहेको हुन्छ, त्यहाँ झिंगा बढी झुम्मिने गर्छन् ।

बंगुर
बंगुरलाई नचिन्ने सायदै कोही होला । तर बंगुरले एक अर्कासँग कुराकानी गर्न सक्छ भन्ने सायद तपाईलाई जानकारी छैन होला । वैज्ञानिकहरूले अझसम्म बंगुरले २० वटा शब्द चिन्न सफल भइसकेको दावी गरेका छन् । जसमा ‘मलाई भोक लाग्यो!’ पनि पर्दछ ।

प्रतिक्रिया