बुधबार, वैशाख १०, २०८२

आईसीसी विश्वकप लिग ‘टू’ : आज स्कटल्याण्डसँग भिड्दै नेपाल

नेपालखोज २०८१ कार्तिक १३ गते ८:५६

काठमाडौं । आईसीसी विश्वकप लिग ‘टू’मा आज (मंगलबार) नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामा हुने खेल आज साँझ सवा ९ बजेदेखि सुरु हुने छ ।

नेपालले अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो । त्यसयता लिग–२ को खेलमा नेपाल जित बिहीन छ ।

लिग–२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ । अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो ।

स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ । यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो ।

अमेरिकामै लिग–२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी–२० सिरिज खेलेको थियो । त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो । लिग–२को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको थियाे ।

प्रतिक्रिया