विश्वकप लिग–२ : त्रिकोणात्मक सिरिजमा आज स्कटल्याण्डसँग खेल्दै नेपाल
नेपालखोज
२०८१ कार्तिक १९ गते ७:२६

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै छ ।
खेल आज राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने छ । सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो ।
स्कटल्यान्डविरुद्ध भने नेपाल तीन ओडिआइ यता अपराजित छ । जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालले स्कटल्यान्डलाई ४१ दशमवल ४ ओभरमा १ सय ५४ रनमा अल आउट गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया