नेपाल चार्टर्ड एकाउन्टेन्टस् र कामना सेवाबीच विना धितोमा प्राेफेसनल कर्जाको सम्झौता
काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ र कामना सेवा विकास बैंकबीच बिना धितोमा प्रोफेश्नल कर्जाका लागि सम्झौता भएको छ । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र कामना सेवा विकास बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ.तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।
बैंकको १ सय २४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराएका छन् ।
प्रतिक्रिया