संसारका सबैभन्दा महँगा चलचित्र

यदि तपाई चलचित्रमा रुचि राख्नुहुन्छ र चलचित्र हेर्न मन पराउनु हुन्च भने तपाईं चलचित्र सम्बन्धि समाचारमा पनि रुचि राख्नुहुन्छ । त्यसैले आज हामि यस लेखमा संसारका सबैभन्दा महँगा चलचित्रका बारेमा बताउन गैरहेका छौं । यी चलचित्रले बक्स अफिसमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।
विश्वका सबैभन्दा महँगा चलचित्र:
अवतार स् द वे अफ वाटर स् यो सूचीको पहिलो चलचित्र अवतार स् द वे अफ वाटर हो । यो चलचित्रलाई चलचित्र निर्देशक जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । यो चलचित्र सन् २०२२ मा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा तहल्का मच्चायो । यो चलचित्रले दर्शकबाट धेरै माया पाएको छ। यो चलचित्र प्राविधिक दृष्टिकोणबाट अत्यन्तै उन्नत छ । यसमा अत्याधुनिक भीएफएक्स तथा थ्री डि प्रविधि प्रयोग गरिएको छ । यो फिल्म समुद्र मुनि र जटिल सेटमा शूट गरिएको थियो, जसले यसको निर्माण लागत धेरै बढ्यो । यो चलचित्रको कुल बजेट करिब ४६ करोड डलर अर्थात् ६१.६४ अर्ब रुपैयाँ भएको बताईन्छ ।
स्टार वार्स द राइज अफ स्काईवाकर– संसारको दोस्रो सबैभन्दा महँगो चलचित्र पनि स्टार वार्स हो जुन सन् २०१९ मा प्रदर्शनमा आएको थियो । निर्माताहरूले लुकास फिल्म्सको यो चलचित्र ४१ करोड ६० लाख डलर अर्थात करिब ५५।७४ अर्व रुपैयाँ खर्च गरेका थिए।
एभेन्जर्स एन्डगेम – यो सूचीको तेस्रो चलचित्र एभेन्जर्स एन्डगेम हो । यो चलचित्र फिल्म निर्देशक एन्थोनी र जो रुसोले बनाएका हुन् । यो चलचित्र पनि लोकप्रिय छ । यो चलचित्र २०१९ सालमा सार्वजनिक भएको हो । यसको लागतपनि निकै थियो, विशेष गरी यसका कलाकार र भीएफएक्समा खर्च गरिएको पैसाका कारण । मिडिया रिपोर्टका अनुसार यो फिल्म बनाउन कुल ४८ अर्ब रुपैयाँ खर्च भएको थियो ।
फास्ट एन्ड फ्युरियस – फास्ट एन्ड फ्युरियस संसारको चौथो सबैभन्दा महँगो फिल्म हो । सन् २०२३ मा रिलिज भएको यो अमेरिकी एक्सन फिल्मलाई लुइस लेटरियरले निर्देशन गरेका थिए । यो फास्ट एन्ड फ्युरियस फ्रेन्चाइजीको दशौं किस्ता हो जसमा विन डिजेलले अभिनय गरेका थिए । यो फिल्म बनाउन ४५ अर्व रुपैयाँ खर्च भएको थियो।
पाइरेट्स अफ द क्यारिबियन स् ए डेड म्यान चेज नो टेल्स – फिल्म पाइरेट्स अफ द क्यारिबियनस् ए डेड म्यान चेज नो टेल्स पाइरेट्स फ्रेन्चाइजीको पाँचौं फिल्म थियो, जसमा भारी भीएफएक्स र समुद्री यात्रा दृश्यहरू समावेश थिए जसका कारण यो फिल्मको निर्माणमा ४४ अर्ब रुपैयाँ जस्तो खर्च भएको थियो ।
प्रतिक्रिया