सानिमा बैंकले ५.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने
नेपालखोज
२०८१ मंसिर ४ गते २०:४९
काठमाडौं । सानिमा बैंक लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले मंगलबार आफ्नो २०औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको हो ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०८०÷८१ मा दुई अर्ब ४० करोड रुपैंयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति दुई खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ, कुल निक्षेप एक खर्ब ९९ अर्ब ३८ करोड तथा खुद कर्जा सापटी एक खर्ब ६४ अर्ब ९४ करोड रुपैंयाा रहेको छ ।
आर्थिक वर्ष २०७९÷८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११ दशमलव ४८, १० दशमलव ०६ र आठ दशमलव ४५ प्रतिशतले बृद्धि गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया