बुधबार, वैशाख १०, २०८२

रुसको कोरोना विरुद्धको भ्याक्सिन : तेस्रो चरणको परीक्षण गरिँदै

नेपालखोज २०७७ भदौ २ गते ८:२९

एजेन्सी । कोरोना भाइरस (कोभिड (१९) संक्रमणले विश्वमै संन्त्रास फैलिएको छ । डिसेम्बर अन्तिम साता स्न २०१९ मा पहिलो पटक चीनको वुहान शहरमा देखा परेकोना भाइरसले हालसम्म ७ लाख ७७ हजार बढीको ज्यान लिइसकेको छ ।

विश्वमै संक्रमण फैलिएको करिब ८ महिना नाघिसकेको छ । तर हालसम्म विश्वका शक्तिशाली देशले यसलाई निर्मूल गर्ने औषधी या भ्याक्सिन तयार गर्न सकेको अवस्था छैन् । तर रुसले पहिलो पटक कोरोना विरुद्धको भ्याक्सिन आफ्नो देशले तयार गरेको दावी गरेकोछ । गत हप्ता कोरोना संक्रमणको भ्याक्सिनलाई अनुमति दिएको रुसले आफ्नो भ्याक्सिन स्पुतनिक–५ को एउटा भिडियो जारी गरेको छ । यो भ्याक्सिनले कोरोनाभाइरसलाई नष्ट गरिदिने रुसले दाबी गरेको छ । यद्यपि, वैज्ञानिकले रुसको दाबीमाथि चिन्ता व्यक्त गरेका छन् ।

रसियाली डायरेक्टर इन्भेस्टमेन्ट फन्डको तर्फबाट जारी ३८ सेकेन्डको भिडियोमा स्पुतनिक–५ लाई परिदृश्यमा राखेर यसले कोरोना संक्रमणलाई कसरी नष्ट गरिदिन्छ भनेर देखाइएको छ । स्पुतनिक न्यूजका अनुसार भ्याक्सिनको उत्पादनको एक भिडियो पनि जारी गरिएको छ ।

गत हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रक्षा मन्त्रालय र गामेलया इन्स्टिच्युटको यो भ्याक्सिन निकै प्रभावकारी र कोभिड–१९ महामारीविरुद्ध शरीरमा प्रतिरक्षा प्रणाली विकसित हुने दाबी गरेका थिए । रुसको तास न्यूज एजेन्सीका अनुसार भ्याक्सिनको तेस्रो चरणको मानवीय परीक्षण अबको हप्ता–१० दिनभित्र सुरु हुनसक्छ ।

रुसको मस्को क्षेत्रमा हुने यो ट्रायलमा दसौं हजार व्यक्तिको संलग्नता रहनेछ । तर विश्व स्वास्थ्य संगठनले रुसको भ्याक्सिनलाई मानवमा लगाउन योग्य ठहराएको छैेन् ।

प्रतिक्रिया