पाकिस्तानी जासूस भएको आराेपमा परेवा प्रहरी हिरासतमा !
नेपालखोज
२०७७ भदौ २ गते १०:४२
एजेन्सी । भारतमा एक परेवा पक्राउ परेकाे छ । काश्मिरको कटुवा जिल्लास्थित एक स्थानियकाे घरमा भेटिएको परेवालाई स्थानियले भारतीय प्रहरीलाई जिम्मा लाएका हुन् । उक्त परेवा पाकिस्तानी जासूस हुनसक्ने भएकाेले प्रहरीले पक्राउ गरेकाे हाे । परेवाको खुट्टामा रातो रंग पोतिएको र नम्बर अंकित एउटा रिङ पनि लगााइएको थियाे ।
यो घटनाको बारेमा एक प्रहरी अधिकारीले भने , ‘चराको कुनै सीमा हुँदैन र बसाईसराईका कारण उनीहरु अन्तर्राष्ट्रिय सीमा काटेर जान्छन् । तर, नम्बर कोड गरिएको रिङ लगाइएको परेवा सरोकारको विषय हो किनकी घुमन्ते चरामा यस्तो लगााइएको हुन्न ।’
प्रहरीले अनुसन्धान नसकिएसम्म यो परेवालाई हिरासतमा राख्ने जनाएको छ । भारत र पाकिस्तान हुँदै डुलेर जासूसी गरेको अभियोगमा परेवा पक्राउ परेको यो पहिलो होइन । २०१५ मा यसैगरी मन्वाल गाउँमा परेवा भेटिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया