आइतबार, वैशाख ७, २०८२

झण्डै २५ अंकले घट्दा नौं अर्ब १३ करोडको कारोबार

नेपालखोज २०८१ मंसिर १९ गते १५:३३

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन १७ दशमलव ८० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने २४ दशमलव ९७ अंकले घटेर २७ सय ५० दशमलव ८७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १८ अंकले घटेर चार सय ६९ दशमलव शुन्य तीन अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ९६ हजार छ सय ७७ पटकको कारोबारमा दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब १३ करोड २४ लाख ६८ हजार नौं सय छ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा जलबिद्युत समुहको सुचक २१ दशमलव ७१ अंकले बढेर तीन हजार छ सय ४८ दशमलव १६ अंकमा चढेकोमा उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि १० दशमलव शुन्य एक र छ दशमलव २१ अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव शुन्य तीन अंकले घटेर १४ सय ५४ दशमलव ४१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय १६ दशमलव ४५ अंकले घटेर पाँच हजार आठ सय ८१ दशमलव १८ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ४३ दशमलव ७४ अंकले घटेर तीन हजार चार सय ६५ दशमलव २९ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि दुई सय सात दशमलव ८६ अंकले घटेर १३ हजार छ सय ४५ दशमलव ८३ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ३६ अंकले घटेर १३ हजार एक सय तीन दशमलव ५२ अंकमा झरेकोमा होटल तथा पर्यटनन लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः २९ दशमलव शुन्य एक, शुन्य दशमलव शुन्य दुई, शुन्य दशमलव शुन्य सात, १५ दशमलव ११ र चार स ६७ दशमलव ७६ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खानीखोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने जोशी हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया