मंगलबार, वैशाख ९, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट नौं जना पक्राउ

नेपालखोज २०८१ मंसिर २३ गते १३:३३

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० चौखेढुङगास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २७ वर्षीय निशान्त खत्री र २५ वर्षीय राजन सिग्देल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ३ सय ग्राम सहित धादिङ थाक्रे गाउँपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित जानकी गाउँपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्ती, प्रहरी चौकी कालाकुण्ड र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–४ भाटभटेनी बस्ने २७ वर्षीय महेश भट्टलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४ सय ७० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय गोपाल रामजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली धनगढी उपमहानगरपालिका–८ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय मनिस चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सुरेशलाई १ ग्राम ५ सय ९० मिलिग्राम र मनिसलाई १ ग्राम ८ सय ४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

सिराहाको कल्याणपुर नगरपालिका–३ ईटाही प्रसाही बस्ने २१ वर्षीय अभिषेक कुमार मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले चतरीबाट ईटाही प्रसाहीतर्फ आउँदै गरेको स.५ प ८७९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिल बहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्क बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १२ किलोग्राम गाँजा बरामद

देवानगंज गाउँपालिका–२ र हरिनगर गाउँपालिका–७ को सिमानास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले जेब्रा झोला फाली फरार भएपश्चात झोला तलासी गर्दा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिका–६ बसी पुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३–०२–००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा बिष्णुपुर नगरपालिका–१ गौरीपुर बस्ने २६ वर्षीय विवेक कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा बजारस्थित सडकमा को.१ ख ६४३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री देवानगंज गाउँपालिका–७ बस्ने ५० वर्षीय झलु उरावको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, तिलोत्तमा नगरपालिका–८ प्रदिपनगरस्थित सडकमा गणेशनगरबाट प्रदिपनगरतर्फ जाँदै गरेको लु.३ त ६५४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका बस्ने ३५ वर्षीय रामकेश कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया