एनपिएलः चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
नेपालखोज
२०८१ मंसिर २८ गते १४:५८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्व पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज विराटनगरले टस जितेर पहिले ब्याटिङ रोजेको हो । जारी एनपिएलमा यो विराटनगरको छैठौँ खेल हो । यसअघिका पाँच खेलमध्ये विराटनगरले एक खेल जित्दा चार खेलमा हार ब्यहोरेको छ ।
यस्तै, चितवनको पनि यो छैठौँ खेल हो । चितवनले यसअघिका पाँच खेलमध्ये तीन खेल जितेको छभने दुई खेलमा पराजित भएको छ ।
सम्बन्धित
प्रतिक्रिया