लिबर्टी इनर्जी : शेयर किन्न दुई दिनमा २० करोडको आवेदन
काठमाडौं । सर्वसाधारणका लागि छुट्ट्याएको २५ प्रतिशतमध्ये १५ प्रतिशत शेयर बिक्रीका लागि आवेदन खोलेको लिबर्टी इनर्जीको शेयर किन्न दुई दिनमा २० करोडको आवेदन परेको छ ।
लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयाजना निर्माण गरिरहेको लिबर्टी इनर्जी कम्पनीको शेयर किन्न आवेदन खुलेको दुई दिनमा २० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको हो । सय रुपैयाँ अंकित कम्पनीको शेयर किन्न हिजोदेखि आवेदन खुलेको थियो ।
कम्पनीकाअनुसार बुधबार र बिहीबार ५२ हजार २ सय ४९ आवेदकले २० लाख ३७ हजार ४ सय २० कित्ता किन्न आवेदन दिएका छन् । १० प्रतिशत यसअघि आयोजना प्रभावित र जिल्लाबासीलाई बिक्री गरी बाँडफाँड गरिएको छ । सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँबराबरको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर बिक्रीका लागि निष्कासन गरिएको छ ।
कम्पनीकाअनुसार स्थानीयका लागि छुट्ट्याइएको १५ लाख कित्तामध्ये १३ लाख १५ हजार ९ सय ३० कित्ता बिक्री भएको थिएन् । नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर गरिएको लकडाउनको असरका कारण लक्षित स्थानीय शेयर बिक्री हुन सकेको थिएन । पहिलाको तुलनामा अहिले अवस्था केही सामान्य भएको हुँदा निष्कासन गरिएको शेयर पूर्णरूपमा बिक्री हुने कम्पनीको विश्वास छ । शुक्रबारसम्म आवेदकको संख्या १ करोड पुग्ने कम्पनीका सञ्चालक रामबहादुर पाण्डेले बताए । कम्पनीको शेयर किन्न छिटोमा भदौ ७ गते र ढिलोमा १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआइबिएल एस क्यापिटलले पाएको छ । इक्रा नेपाल रेटिङ एजेन्सीले शेयर निष्कास गर्न कम्पनीलाई ग्रेड ४ रेटिङ दिएको छ । ४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको काम अहिलेसम्म करिब ९८ प्रतिशत पूरा भएको छ ।
प्रतिक्रिया