मंगलबार, वैशाख ९, २०८२

एनपिएल : पोखराले काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत

नेपालखोज २०८१ मंसिर २९ गते ११:३४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको हो ।

पोखराका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए । यस्तै, दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् । उसका लागि गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक-एक रन जोडे । पोखराले अतिरिक्त ११ रन प्राप्त ग¥यो ।

काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले समान तीन÷तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक-एक विकेट लिए । अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेकोे छ ।

प्रतिक्रिया