जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका–४ बस्ने १९ वर्षीय चन्द्र बहादुर परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती बालिकालाई वनगाड कुपिण्डे नगरपालिका–१ सल्लिबजारको माथिल्लो बजारस्थित गुईयखोलाको बनमाराको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
काठमाडौं महानगरपालिका–१८ रक्तकाली बस्ने गोपाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार २ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब १ सय ३० किलो गाँजा बरामद
धनगढीमाइ नगरपालिका–१० जिरोमाईलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३० किलोग्राम शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा ना.३ ख ७५९१ नम्बरको ट्रकमा बा.८ च ९९६३ नम्बरको कार ठक्कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले कार तलासी गर्दा कारभित्र प्लाष्टिकको ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । ट्रक चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया