मंगलबार, वैशाख ९, २०८२

एनपीएल : कर्णालीले दियो सुदूरपश्चिमलाई १०२ रनको झिनो लक्ष्य

नेपालखोज २०८१ पुष १ गते ११:५५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १०२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।

कर्णालीका लागि जिसन मक्सदले सर्वाधिक ३० रन जोडे छ । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । साथै उनले २ रनआउट पनि गरे ।

हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए । सैफ अली जैबले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया