मंगलबार, वैशाख ९, २०८२

करिब एक सय २६ किलो गाँजा सहित दुई जना पक्राउ

नेपालखोज २०८१ पुष १ गते १३:४०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो ३ सय ९० ग्राम सहित धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरीले प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक धन बहादुरलाई पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय सरद लम्साललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ

रूपन्देहीको कंचन गाउँपालिका–२ बेहोरी बस्ने ३६ वर्षीय शुसिल बोहोरा र २५ वर्षीय सुरेस थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–१ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका–६ स्थित सडकमा रोकी राखेको म.१ त १०६२ नम्बरको ट्याक्टरमा बा.६८ प ७०३६ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सप्तरी रूपनी गाउँपालिका–१ घर भई गुलरिया नगरपालिका–६ बस्ने ३७ वर्षीय रामकुमार साह र सोही स्कुटरमा सवार उनकी छोरी ६ वर्षीया विद्या साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ मसिनेस्थित सडकमा बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ राताडाँडास्थित सडकमा बा.६१ प ४५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दर्घटना हुँदा चालक ठाटीकाँध गाउँपालिका–१ मटेला बस्ने ३२ वर्षीय मनोज कुमार भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापाको दमक नगरपालिका–१० सेतुमारी चोकस्थित सडकमा प्रदेश १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डसि अस्पताल विर्तामोड रिफर गरिएको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–१० किराँत चोकस्थित सडकमा रोकी राखेको को.२ त ४१४५ नम्बरको ट्याक्टरमा मे.९ प ६२४ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा चालक मेची नगरपालिका–५ बस्ने ४२ वर्षीय सन्तोष कुमार लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ कपासीस्थित सडकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.३ प ९३५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका–१४ छिवाङ बस्ने २१ वर्षीय मिन बहादुर वलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दाङको लमही नगरपालिका–९ च्याँउ खोला नजिक सडकमा चन्द्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु.१ ज ४२९८ नम्बरको विङ्गर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा विङ्गरमा सवार कपिलबस्तु शिवराज नगरपालिका–३ बस्ने ४२ वर्षीया त्रीथी थारू र ६० वर्षीया फुलसी थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका विङ्गरमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङ टोल बस्ने ५२ वर्षीया तेनमाया तामाङ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ पुलचोक बस्ने ४२ वर्षीया देवकला पुन आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया