नागरिक लगानी कोष र आईएमईबीच सम्झौंता
नेपालखोज
२०८१ पुष २ गते १६:३५

काठमाडाैं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।
आईएमईले प्रतिसेयर १०० रुपैयाँका दरले १२ लाख ५० हजार ६६७ कित्ता बापत १२ करोड ५० लाख ६६ हजार ७०० रुपैयाँ बराबर सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौता अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने छ ।
सम्बन्धित
प्रतिक्रिया