नमस्ते पे मार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक

काठमाडौं । नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पे ले नयाँ अफर सुरु गरेको छ । यो अफर पौष १, २०८१ देखि फाल्गुन २९, २०८१ सम्म लागू हुनेछ ।
यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तुरुन्तै १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, हरेक बुधबार, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुले प्रत्येक टिकटमा तुरुन्तै १५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै, हरेक महिना १ भाग्यसाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ प्रयोगकर्ताले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
जस अनुरुप एस्ट्रीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवा अफलाइन उपलब्ध छन् ।
नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताले युएसएसडी (अफलाइन) सेवा प्रयोग गर्न सक्दछन् ।

प्रतिक्रिया