कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य
नेपालखोज
२०८१ पुष ३ गते १०:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १७६ रनको लक्षय दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । कर्णालीका लागि ओपनर जयकिशन कोल्सवालाले ५३ रनको अर्धशतकिय
इनिङ खेल्दा वलियम बसिस्टोले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अर्को अर्धशतकीय इनिङ खेलेका थिए ।
चितवनका लागि सोहिल तनविरले २ विकेट लिँदा सरद भेषवाकर, रभि बोपरा र कुशल मल्लले समान १-१ विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया