मंगलबार, वैशाख ९, २०८२

जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

नेपालखोज २०८१ पुष ३ गते १४:४३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको हो ।

जनकपुर बोल्ट्सका लागि छैटौँ नम्बरका ब्याट्सम्यान जेम्स निसमले ४५ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले २३ बलमा तीन छक्का र तीन चौका हिर्काए ।

खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।

प्रतिक्रिया