मंगलबार, वैशाख ९, २०८२

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइलनमा

नेपालखोज २०८१ पुष ३ गते १६:२०

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो ।

विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए ।

जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए ।

प्रतिक्रिया