सोमबार, वैशाख ८, २०८२

नेपालमै पहिलो पटक सि.आर.एन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोवाईल बैंकिङ एपमा

नेपालखोज २०८१ पुष ३ गते १७:०१

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत नै ‘शेयर आवेदन र सिआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।

सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत ग्राहकले सिधै आईपिओ, एफपओि, राईट शेयरका लागि आवेदन दिन सक्नुका साथै सिआरएन नम्बरको लागि आवेदन दिन सक्नेछन् । कारोवार सफलताको जानकारी ग्राहकवर्गले रियल टाईममा नै प्राप्त गर्न सक्ने छन् ।

आईपिओ, एफपओि, राईट शेयर आवेदनको भेरिफिकेशन वा रिजेक्शनको रियल टाईम रेस्पोन्स र रियल टाईम सिआरएन नम्बर उपलब्धता पश्चात ग्राहकले बैंकको शाखा कार्यालय नगई सहज र झंझट मुक्त सुविधा प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ । ग्राहकलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्नेछ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्त्वपूर्ण सुधार ल्याउनेछ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया