मंगलबार, वैशाख ९, २०८२

कर्णालीले दियो जनकपुरलाई ११९ रनको लक्ष्य

नेपालखोज २०८१ पुष ४ गते १४:१०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनाएको हो ।

दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।

प्रतिक्रिया