टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान
नेपालखोज
२०८१ पुष ५ गते ११:०३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ ।
शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो ।
कार्यालयले आगामी वैशाख मसान्तसम्म पहिलो चरणको कार्य सम्पन्न गर्न बोलपत्र आह्वान गरेको हो ।
प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेश गर्न २०-१० हजार रुपैयाँ लाग्ने छ ।

सम्बन्धित
प्रतिक्रिया