मंगलबार, वैशाख ९, २०८२

जनकपुरले जित्याे एनपीएलको उपाधि

नेपालखोज २०८१ पुष ६ गते १५:५३

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।

जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक बने । उनले ४९ बलमा ८७ रन बनाए । उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

६.६ ओभरमा कप्तान आसिफ शेखलाई ३३ रनमा सैफ जैबले आउट गरे । सैफको बलिङमा आसिफले गरेको प्रहारलाई ब्राण्डन म्याकमुलनले क्याच आउट गरे ।

९.६ ओभरमा मोहम्मद मोहसिनलाई इशान पाण्डेले ९ रनमा आउट गरे । १५.३ ओभरमा मिलान्थालाई स्कट कुगेलेइनले आउट गरे । मिलान्थाको प्रहारलाई स्कटले नै क्याच गरे ।

प्रतिक्रिया