मंगलबार, वैशाख ९, २०८२

एनपीएलमा दीपेन्द्रसिंह ऐरीले पाए ओमोडा ई–५ मोडेलको गाडी

नेपालखोज २०८१ पुष ६ गते १८:०२

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा ओमोडा ई–५ पाएका छन् ।प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा एन्ड जेइकोका तर्फबाट ओमोडा ई–५ मोडेलको गाडी पाएका हुन् ।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

प्रतिक्रिया