आइतबार, वैशाख ७, २०८२

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैंयाँ निक्षेप तान्दै राष्ट्र बैंक

नेपालखोज २०८१ पुष ९ गते १४:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैंयाँ तान्ने भएको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर ४० अर्ब रुपैंयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुुने अवधि १२ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस २१ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया