सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंक र कर्णाली बैंकको फोटो मिलाएर राख्ने, कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा

नेपालखोज २०८१ पुष ११ गते १०:११

काठमाडौं । क्षेत्रियस्तरको कर्णाली बिकास बैंक समस्याग्रस्त घोषणा भएको छ । नेपाल राष्ट्र बैक सञ्चालक समितीको बुधबार बसेको बैठकले यो बैंकलाई समस्याग्रस्त घोषणा गर्नै निर्णय गरेको हो ।

राष्ट्र बैंकको सोही बैठकले उक्त बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

राष्ट्र बैंकका अनुसार उक्त समितीमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा रहेका छन् ।

समितिले बिहीबारदेखि नै बैंकको तोकिएको जिम्मेवारी राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार गठित समितीलाई विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेगरी अख्तियारी दिईएको छ ।

समितिलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डेलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने लगायत अख्तियारी प्रदान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।

नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको यो विकास बैंकले तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएकै आधारमा राष्ट्र बैंकले मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।

प्रतिक्रिया