भोजपुर दुर्घटना अपडेट : १ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
नेपालखोज
२०८१ पुष ११ गते १२:४९

काठमाडाैं । भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तीनको अवस्था गम्भीर रहेको छ ।
भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुर नगरपालिका-५, बोखिमको डाडाँटोलमा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो । गम्भीर तीन जनालाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएकाे छ ।
भोजपुर नगरपालिका-५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका-२ कि ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएकाे प्रहरीले जनाएकाे छ ।
अन्यको भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया