नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा १५० क्यासब्याक
काठमाडौं । काठमाडौं, पौष १४ः आउँदै गरेको नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर पौष १४ २०८१ देखि पौष १८ २०८१ सम्म उपलब्ध हुनेछ ।
यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १५० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन ।
क्यासब्याक हरेक टिकट मा लागु हुनेछ, जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप एस्ट्रीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् ।
रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले युएसएसआईडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।
प्रतिक्रिया