आइतबार, वैशाख ७, २०८२

प्रभासले ‘राधे श्याम’ फिल्मको शूटिङ पूरा गर्ने

नेपालखोज २०७७ भदौ ७ गते २१:३०

एजेन्सी । कोरोनाभाइरस महामारीले चलचित्र क्षेत्रका सम्पूर्ण कार्य प्रभावित बनेका छन् । तर अब भने धेरै फिल्म निर्माताहरू आफ्ना अपूरा काम सक्ने सुर कस्दैछन् ।

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र पूजा हेगडेको फिल्म राधे श्यामको बाँकी शूटिङ पुरा हुने भएको छ । निर्देशक राधा कृष्ण कुमारले ट्वीटमार्फत उक्त फिल्मको शूटिङ पूरा गर्ने जानकारी दिएका छन् ।

प्रभासको फिल्मको शूटिङ युरोपमा सन् २०२० को आरम्भमा भइसकेको थियो । तर कोरोना केसहरू बढ्दै गएपछि शूटिङ बीचैमा रोक्नुपरेको थियो । युरोपबाट फर्केको दुई हप्तासम्म प्रभास आफैं क्वारेन्टीनमा बसेका थिए ।

प्रतिक्रिया