अर्जुनचौपारी गाउँपालिका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्याङजाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाका अध्यक्ष अर्यालसहित १२ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारमद्दा दायर गरेको हो ।
गाँउपालिकाका अध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर नवीन थापा, सव इन्जिनियर सूर्यप्रसाद पौडेल, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल र सचिव कृष्णप्रसाद पौडेल लगायतकाे अख्तियारले भ्रष्टाचारमद्दा दायर गरेको हो ।
गाँउापलिकाका अध्यक्ष अर्यालमाथि ३५ लाख ३९ हजार विगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक विगो मागदावी छ ।
आर्थिक वर्ष २०७५/७६ को योजना कार्यान्वयनका क्रममा गुणस्तरहिन काम भएको भन्दै अख्तियारले आर्थिक वर्ष २०७५/७६ मा २७ लाख र आर्थिक वर्ष २०७६/७७ मा ८ लाख ३४ हजार नोक्सान भएको दावी गरेको हो ।
प्रतिक्रिया