संसारकै सबैभन्दा कालो बच्चा
एजेन्सी। यो संसारमा विभिन्न जात, धर्म र रंगका मानिसहरु छन् । जात, धर्म र रंगलाई लिएर युद्धसमेत भएको इतिहास छ । यद्यपि एउटै संसारमा रहेपनि यहाँ रहने व्यक्तिहरूको छालाको रंग, जात, धर्म र वर्ग फरक हुन्छ । हामीले जस्तो देखेपनि हाम्रो विविधतालाई अंगालेर अघि बढ्नुपर्छ ।
अहिले सामाजिक सञ्जालमा एउटा बच्चाको फोटो निकै भाइरल भएको छ । उनी कालो भएकै कारण भाइरल भएका हुन् । कालो वर्णको बच्चा जन्मनु स्वाभाविक नै हो । तर, गाडा कालो रङ्गको बच्चा जन्मिएपछि धेरै मानिसको चासोको विषय बनेको छ ।
भाइरल भएको बच्चाको तस्बिरमा बच्चाको छाला निकै नै कालो देखिन्छ । आफैँमा कीर्तिमान भएको कारणले बच्चाको नाम विश्वकै कालो बच्चाको नाममा दर्ता भएको खबर छ ।
बच्चाको छाला मात्र नभएर आँखा पनि पूरै कालो छ । सामाजिक सञ्जालमा भाइरल भएको यो बच्चाको फोटोलाई अधिकांश मानिसहरूले यो तस्बिर नक्कली भएको प्रतिक्रिया दिएका छन् । धेरैले फोटोलाई गुडिया भनेका छन् भने कत्तिले फोटोलाई फोटो इडिटिङ एपको प्रयोग गरेर कालो बनाइएको बताइएका छन् ।
प्रतिक्रिया