आइतबार, वैशाख ७, २०८२

नेपाल बैंक र सुनैना हस्पिटलबिच सम्झौता

नेपालखोज २०८१ पुष १८ गते १४:४२

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटल प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने कन्सोलेशन शुल्कमा एक सय प्रतिशतसम्म छुट हुने व्यवस्था रहेको बैकले जानकारी दिएको छ ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने डिसीटी व्यान्डेज। लगायतका धेरै वटा स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया