आइतबार, वैशाख ७, २०८२

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा

नेपालखोज २०८१ पुष १८ गते २०:३४

काठमाडौं । अंग्रेजी नयांँ बर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिंग, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटिएम तथा विभिन्न कियोस्क (प्ष्यकप) मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ । यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ । साथै यस नबिनतम् सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउने भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया