सोमबार, वैशाख ८, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८१ पुष १९ गते ११:०९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख ५३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया