सामसङले नेपालद्धारा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक

काठमाडौं । सामसङले नेपालले ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिंग मशिन सार्वजनिक गरेको छ । कम्पनीले २ केजीसम्मको क्षमता, एआई-वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआइ इकोबबल जस्ता अत्याधुनिक सुविधा रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।
स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै ग्राहकको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले ग्राहकको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ ।
यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ ।
दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ । १२ केजी लाइन-अप दुइ वटा फरक मोडलमा उपलब्ध छ-डायल कन्ट्रोल भएको एलईडी डिस्प्ले भएको यी दुवै मोडलको मूल्य क्रमशः १,१४,९९० रूपैयाँ र १,२०,९९० रूपैयाँ रहेको छ ।
यस वाशिंग मशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।
प्रतिक्रिया